सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बीउ व्यवसायी थापाको दाबी : महिनामा १ लाखसम्म आर्जन गर्नसक्ने बनाइदिन्छौं

शुक्रबार, १८ चैत २०७८, २२ : २२
शुक्रबार, १८ चैत २०७८

बीउ व्यवसायी सक्कल थापाले आफूसँग सहकार्य गर्ने कृषकहरूलाई मासिक १ लाख रुपैयाँसम्म आर्जन गर्नसक्ने आधार तयार गरिदिने बताएका छन्‌ । कृषि बीउबिजन बिक्री गर्ने पुर्ख्यौली व्यवसायलाई देशका ७७ वटै जिल्लामा विस्तार गरेका थापाले कृषकहरूलाई व्यवसायी बनाउनेतर्फ आफूले सघाउने जानकारी दिएका हुन्‌ ।

ललितपुर गोदावरीका थापा सन् २००५ देखि बीउ पसलमार्फत कृषि क्षेत्रमा आवद्ध छन्‌ । उनले देशभर हालसम्म बीउबिजनका १५० भन्दा बढी डिलर तथा सबडिलर खोली १०० भन्दा बढी कर्मचारीलाई रोजगारी दिइरहेका छन् । थापा सक्कल एग्रो एण्ड सिड्स ट्रेडर्स, सक्कल सिड्स, नक्खु सिड्स तथा सक्कल एग्रो मार्टका सञ्चालक हुन्‌ । 

थापा भन्छन्, ‘कृषिमा आम्दानी छैन भन्नेले सम्पर्क गर्नुभयो भने प्रतिमहिना २० हजारदेखि १ लाख रुपैयाँसम्म कमाइ गर्नसक्ने बनाइदिन्छौं । १ देखि ३ महिना हामीसँग काम गर्ने हो भने आफैँ व्यवसाय गर्नसक्ने बनाइदिन्छौं ।’

१२ कक्षा उत्तीर्ण गरेपछि बिजनेस म्यानेजमेन्ट पढ्न थापा नर्थ वेस्ट कलेज लण्डन पुगेका थिए । पढाइ सकेर अरूको काम गर्नुभन्दा आफ्नै देशमा सानो व्यवसाय गर्नुपर्छ भन्ने सोचले सन् २०१४ मा नेपाल फर्किएको थापा बताउँछन्‌ । बन्द भइसकेको पारिवारिक पसललाई थापाले सन् २०१५ मा फेरि ब्यूँताएका थिए । हाल थापाले कृषिसम्बन्धी कम्पनीहरूलाई आक्रमक रूपमा विस्तार गरेका छन्‌ । थापा थप्छन्‌, ‘हाम्रो उद्देश्य कृषि दक्ष जनशक्तिका साथै यसै क्षेत्रमा उद्यमी बनाउनु हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप