सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ताप्लेजुङ साक्षर जिल्ला घोषणा

बुधबार, २३ चैत २०७८, २१ : ३२
बुधबार, २३ चैत २०७८

ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्र रहेका १५ देखि ६० वर्ष उमेर समूहको कूल जनसङ्ख्यामध्ये ९६.४५ प्रतिशत नागरिक साक्षर भएसँगै बुधबार एक समारोहका बीच साक्षर जिल्ला घोषणा गरिएको हो । 

समारोहमा प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले साक्षर जिल्ला घोषणा गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला समन्वय समिति ताप्लेजुङका संयोजक घनेन्द्र मादेनद्वारा भएको प्रस्ताव पेशपछि मन्त्री हाङ्गामले साक्षर जिल्ला घोषणा गरेका थिए । 

प्रदेश नं १ का १४ जिल्लामध्ये अब सोलुखुम्बु मात्र साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको बताइएको छ । ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गर्न केही वर्ष अघिदेखि थालिएको अभियानमा यहाँका विभिन्न शैक्षिक सङ्घसंस्था, स्थानीयवासी तहलगायतले सक्रियता देखाएका थिए । घोषणा कार्यक्रमको उद्घाटनअघि सदरमुकाम फुङ्लिङमा बिहान विभिन्न जातीय झाँकीसहितको ¥याली निकालिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप