सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विद्युत नियमन आयोगका सदस्य गौतम डंगोलद्वारा सपथ ग्रहण

बिहीबार, २४ चैत २०७८, १७ : ३७
बिहीबार, २४ चैत २०७८

विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगका नवनियुक्त सदस्य गौतम डंगोलले सपथ ग्रहण गरेका छन् । नवनियुक्त सदस्य डंगोललाई आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विहिबार कार्यालयमा स्वागत गर्दै सपथ ग्रहण गराएका हुन् ।

आयोगका तत्कालिन सदस्य रामकृष्ण खतिवडाले २०७७ असार १ गते राजिनामा दिएपछि रिक्त पदमा नेपाल सरकारले २०७८ चैत ६ गते डंगोललाई नियुक्त गरेका हो । ललितपुर निवासी सदस्य डंगोलसँग झण्डै २ दशकदेखि बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

डंगोलको नियुक्तिसँगै आयोगको काममा महत्वपूर्ण योगदान पुग्ने विश्वास आफूले लिएको विचार आयोगका अध्यक्ष सिंहले व्यक्त गरे । सो अवसरमा आयोगका सदस्य भागीरथी ज्ञवाली, सचिव गोकर्ण देव पन्तलगायतले समेत आफ्नो भनाइ राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप