सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको सञ्चितिकै लागि विलासिताका वस्तुमा रोक लगाएको हो : प्रवक्ता भट्ट

बिहीबार, २४ चैत २०७८, १७ : ४०
बिहीबार, २४ चैत २०७८

नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय निरन्तर घट्दै गएको विदेशी मुद्राको सञ्चितिकै लागि विलासिताका बस्तुहरुको आयातमा रोक लगाएको बताएका छन् । पछिल्लो समय उच्च आयातकाबीच बढ्दो सोधानान्तर घाटासँगै विदेशी मुद्राको सञ्चितिमा समेत तीब्र दबाब पर्न थालेपछि बाध्य भएर राष्ट्र बैंकले यस्ता वस्तुहरुको आयातमा नियन्त्रण नीति लिनु परेको उनले बताए । 

‘अहिलेको सबै भन्दा ठूलो चुनौती विषय भनेको विदेशी मुद्रा सञ्चिति व्यवस्थापनको हो । यदि हामीले समयमा नै सर्तकता नअपनाउने हो भने जेपनि हुनसक्छ । त्यसैले राष्ट्र बैंकले अहिले संभावित जोखिमको रोकथाम गर्न लागेको छ । मुलुकको अर्थतन्त्रमा थप चुनौती आउन नदिनको लागि राष्ट्र बैंकले बाह्य क्षेत्र व्यवस्थापन गर्न केही बस्तुको आयात रोक लगाएको हो’ प्रवक्ता भट्टले भने । तर, अहिले बाहिर हल्ला गरे जस्तो मुलुकको अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको उनले बताए । 

‘अहिले पनि राष्ट्र बैंकसँग ६.७ महिनाको लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको छ । राष्ट्र बैंकले विलासी वस्तुको आयातमा गरेको कडाई, रेमिट्यान्स आयातको सुधारसँगै पछिल्लो समय पर्यटन क्षेत्रमा समेत सुधारका आशाहरू देखिएका छन् । यसले अर्थतन्त्र लयमा फर्किने संकेतहरु देखा परेका छन्’ उनले भने ।

अर्थतन्त्रको अहिलको अवस्थालाई दुई वटा पक्षबाट हेर्नुपर्ने बताउँदै प्रवक्ता भट्टले कुनै पनि कुरालाई एकाङकी रुपमा रुपमा हेर्ननहुने बताए । एउटा पक्ष समष्ठिगत आर्थिक स्थायित्वका आधारमा केही दबाब देखिएपनि मुख्य रुपमा विदेशी विनिमय सञ्चितीमा कमि आउनुमा बाह्य कारण प्रमुख रहेको बताए । यसैको रक्षका लागि राष्ट्र बैंकले पछिल्लो समय सुन चाँदी, सवारीसाधन लगायत अन्य विलासिताका वस्तुहरुको आयातमा कडाई गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप