मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उमा पौडेलद्वारा लिखित पुस्तक ‘घुम्टी’ विमोचन

आइतबार, २७ चैत २०७८, ०९ : १३
आइतबार, २७ चैत २०७८

उमा पौडेलद्वारा लिखित पुस्तक ‘घुम्टी’को विमोचन गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रमका बीच पुस्तकको विमोचन गरिएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिब एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टीम लिडर सीता घिमिरे, लेखक तथा पत्रकार होम कार्की लगायतले पुस्तकको विमोचन गरेका हुन् । 

घुम्टी रोजगारीका शिलशिलामा विदेशिएका युवाहरू र उनीहरूको पखाईमा बस्ने परिवारको भावना समेटिएको वास्तविक कथा हो ।  घुम्टीको समीक्षा गर्दै पत्रकार कार्कीले प्रायजसो श्रीमानहरू बिदेश जानुपर्ने बाध्यता, श्रीमान विदेशमा हुँदा नेपालमा श्रीमतीबाट हुने धोका र छलकपटका बारेमा मात्रै चर्चा हुने गरेकोमा यो पुस्तकमा श्रीमान्लाई कुरेर जीवन बिताएका श्रीमती र परिवारको दुःख समेटिएको बताए । 

सचिब अर्यालले बैदेशिक रोजगारीमा जानु नेपाली युवाहरूको बाध्यता रहेको बताउदै बैदेशिक रोजगारीको क्षेत्रलाई सकेसम्म सुरक्षित बनाउनको लागि सरकारले काम गरिरहेको बताए । विदेशबाट फर्किएर आएकाहरूलाई सीप र क्षमताको आधारमा काम गर्ने वातावरण बनाइदिने तथा अनुदान रकम दिने काम सरकारले गरिरहेको बताउदै सचिब अर्यालले यसले विदेशबाट फर्किएकाहरुको जीविको पार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

लेखक पौडेलले सुरक्षित आप्रवासको क्षेत्रमा काम गर्ने क्रममा भेटिएका पात्र र उनीहरूका कथा आफूले मात्रै सुनेर चित्त नबुझेकाले पुस्तकका रूपमा सबै सामु ल्याएको बताइन् । पुरुषहरूलाई धन कमाउन विदेश पठाएका महिलाहरूले नेपालमा एक्लै संघर्ष गर्नु पर्दाका दुःख,  अझ परिवारका भरोसा मानेका पुरुषलाइ उतै गुमाउनु पर्दाको पीडाले विक्षिप्त महिला र उनीहरूको जीवन रक्षाको लागि सबै पक्षले काम गर्नुपर्ने लेखक पौडेलको भनाइ छ । 

लेखक पौडेलको यो पहिलो कृती हो । पुस्तक भित्र विदेश गएका आफन्तको पखाईमा रहेका नेपालका प्रियजनहरूको भावना मिश्रित वास्तविक कथाहरू रहेका छन् । वर्षौदेखि विदेश गएका श्रीमानको पखाईमा बसेका श्रीमती, बेपत्ता श्रीमानको खोजीमा भौतारिएका श्रीमती, अनुहारै नचिनेका तर आफ्ना बा को पखाईमा रहेका छोराछोरीका कथा पुस्तकमा छ । धन कमाउन मायाँ गर्ने मनहरू यतै छोडेर गएका युवाहरू र उनको पखाईमा बसेका परिवार बीचको विछोडको कथा पुस्तकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप