मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मैले टिकट किन नपाउने ?

सोमबार, २८ चैत २०७८, १४ : २८
सोमबार, २८ चैत २०७८

म एनजीओ चलाउँछु,
सबैलाई गलाउँछु ।
मैले डोजर किनेको छु,
सबैलाई चिनेको छु ।
सबै ठेक्कामा नै हाल्छु,
सबैलाई मै त पाल्छु ।
पैले पनि उठेको हुँ,
जनमत लुटेको हुँ ।
हारको होस् या जितको,
म सँग त अनुभव छ,
तिमी फुस्रे सँग के छ ?
म सबै दलाल चिन्छु,
सबलाई औँलामा गन्छु ।
आफ्ना हनुमान पाल्नका लागि,
अर्कै कदम चाल्नका लागि,
कुनै आइतबार कुर्नै पर्दैन,
कुनै साइत जुर्नै पर्दैन ।
क्षणभरमैं पार्टी छोड्न सक्छु,
अन्तै घाँटी जोड्न सक्छु ।

त्यसैले बुझे हुन्छ,
पार्टी भनेकै म हुँ,
म पार्टीको हु‘वा न हु‘ ।
त्यसैले जान्न कसैको मलामी,
जान्या छु पर्नेको गर्न गुलामी ।
कामै हो तिम्रो घर–घर धाउन,े
मैले नपाए टिकट कसले पाउने ?
सक्छौ मलाइ समर्थन  गर,
नभए अरुको कुरै नगर ।
मन भए पार्टी के ?
पार्टी नभए मलाइ के ?
कसको ऑंट छ औँला उठाउने,
अनि, मैले नपाए टिकट कसले पाउने ?
मलाइ कमिसनको दर थाहा छ,
सबैको नाम, थर थाहा छ ,
मलाइ विरोधीको घर घर थाहा छ ।
मलाइ काँधमा बोक्नेको लागि,
विरोधीको टाउको ठोक्नको लागि,
हनुमानको डफ्फा कसरी पाल्ने ?
नोटका बिटा कहॉबाट हाल्ने ?

तिमीलाई थाहा नै छैन,
मेरो कस्तो दाउ छ ।
बजारमा कस्तो भाउ छ ।
गमेर कुरा सुन्यौ भने,
मनमनै कुरा गुन्यौ भने,
बुझ्छौ योजना सर्वत्र छाउने,
अनि,
मैले टिकट किन नपाउने ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रुद्र ढुंगेल
रुद्र ढुंगेल
लेखकबाट थप