सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतले पठायो पेट्रोलियम पदार्थको मूल्यसूची, पेट्रोल घट्दा डिजेल बढ्यो

सोमबार, ०५ वैशाख २०७९, २० : १०
सोमबार, ०५ वैशाख २०७९

नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आयल निगमले दिएको जानकारीअनुसार भारतले पठाएको पछिल्लो मूल्यसूचीमा पेट्रोलको मूल्य घटेको र डिजेलको मूल्य बढेर आएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.७९ रुपैयाँ घटेको छ । यस्तै, डिजेलको मूल्य २.२ रुपैयाँ र हवाई इन्धनको मूल्य ३८ पैसा बढेको निगमले जानकारी दियो । यससँगै, निगमलाई १५ दिनमा ३ अर्ब ७३ करोड ५३ लाख रुपैयाँ घाटा हुन्छ ।

 यसअघि, पेट्रोलको खरिद लागत १८२.९८ रुपैयाँ थियो । अब प्रतिलिटर ४.७९ रुपैयाँ घटेपछि पेट्रोलको प्रतिलिटर खरिद लागत १७८.१९ रुपैयाँ कायम भएको छ । यस्तै, यसअघि, प्रतिलिटर १७१ रुपैयाँ कायम रहेको डिजेलको मूल्य २.२ रुपैयाँ बढेपछि अब १७३.२ रुपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप