सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतबाट बढेर आयो पेट्रोलको मूल्य, निगमलाई सवा ५ अर्ब घाटा

आइतबार, १८ वैशाख २०७९, २१ : १२
आइतबार, १८ वैशाख २०७९

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आईओसीले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको हो ।

निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर ५ रुपैयाँ १८ पैसा, डिजेल १० रुपैयाँ १८ पैसा र हवाई इन्धन ७ रुपैयाँ १२ पैसाले बढेर आएको छ । यो मूल्यअनुसार अब निगमलाई पाक्षिक अर्थात १५ दिनको घाटा रकम ५ अर्ब १९ करोड हुनेछ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै पेट्रोलियम पदार्थको मूल्य बढाउन आयल निगमलाई थप दबाब परेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप