सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली सरकारको नीति तथा कार्यक्रम मंगलबार ल्याइँदै

सोमबार, २३ जेठ २०७९, ०९ : ३१
सोमबार, २३ जेठ २०७९

कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम मंगलबार ल्याउने भएको छ ।  आगामी आर्थिक बर्ष २०७९–०८० का लागि ल्याउने उक्त नीति तथा कार्यक्रमको उद्देश्य, सिद्धान्त र प्राथमिकता यसअघि नै संसदमा प्रस्तुत भइरहेका छन् । 

आगामी आर्थिक वर्षलाई कर्णाली सरकारले अधुरा आयोजना पुरा गर्ने बर्षका रुपमा लिने सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले रातोपाटीलाई जानकारी दिए ।  

यो पहिलो कार्यकालको अन्तिम बजेट हो,’उनले भने,‘यसअघि थुप्रै आयोजनाहरु अधुरा छन् । ति आयोजनालाई मुर्तरुप दिनका लागि नयाँ योजना थप्ने भन्दा पनि पुराना योजनामा बजेट थप्ने र कार्यान्वयन गरिनेछ ।’ उनका अनुसार आगामी आवका लागि ल्याइने बजेट विगत भन्दा केही घटेर आउने सम्भावना रहेको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप