आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टीमा अष्ट्रेलिया १० विकेटले विजयी

बुधबार, २५ जेठ २०७९, ०६ : १२
बुधबार, २५ जेठ २०७९

श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टीमा अष्ट्रेलिया विजयी भएको छ । कोलम्बोमा मंगलबार राति  भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले हराएको हो । श्रीलंकाले दिएको १ सय २९ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।

अष्ट्रेलियाको जितमा डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ खेले  । यस्तै कप्तान आरोन फिन्चले अविजित ६१ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय २८ रन जोडेको थियो ।

श्रीलंकाका लागि चारिथ असलंकाले ३८ रन जोडे । यस्तै पाथुम निशंकाले ३६ तथा दनुश्का गुनाथलिकाले २६ रन जोडे। अष्ट्रेलियाका जोश हाजलउडले ४ तथा मिचेल मार्शले ३ विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप