सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गौतमबुद्ध क्रिकेट रंगशालालाई प्रदेशले थप्यो बजेट

बिहीबार, ०२ असार २०७९, १० : २६
बिहीबार, ०२ असार २०७९

धुर्मुस(सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूरा गरिने भएको छ ।

आर्थिक अभावका कारण निर्माण रोकिएको सो क्रिकेट रंगशालामा संघ सरकारले आगामी आवका लागि २२ करोड ५० लाख विनियोजन गरिसकेको छ । बागमती सरकारले पनि आगामी आवका लागि सोही रंगशालामा ५ करोड विनियोजन गरेको छ । बागमतीका आर्थिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेलले प्रस्तुत गरेको बजेटमा  ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न भरतपुर महानगरपालिकसँग सहकार्य गर्न ५ करोड छुटाएको छु’ भनिएको छ । 

यो रंगशाला निर्माणमा भरतपुर महानगरपालिकाले पछिल्ला हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ । ३ अर्ब लागत रहेको यो रंगशालामा १४ प्रतिशत काम सम्पन्न भएपछि फाउण्डेसनले हात उठाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप