आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विशेषज्ञ लाइसेन्स परीक्षामा ६९ प्रतिशत पास

आइतबार, ०८ साउन २०७९, १३ : ०६
आइतबार, ०८ साउन २०७९

नेपाल मेडिकल काउन्सिलले विशेषज्ञहरूको नाम दर्ता परीक्षामा ६८.५७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । शनिबार (हिजो) लिएको परीक्षामा सहभागी भएका ४७४ जनामध्ये ३२५ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

यस अघि  २०७८ माघ २१ र २२ गते  लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत  सहभागी उत्तिर्ण भएका थिए । विशेष परीक्षामा विभिन्न ४५ वटा विषयमा २३ औँ विशेष परीक्षामा स्नातकोत्तर गरेका परिक्षार्थीहरु सहभागी भएको थिए ।

परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान सूचना तथा संचार प्रविधि केन्द्रमा भएको परीक्षा विहान १० देखि १२ र दिउसो २ देखि ४ बजेसम्म गरी दुई चरणमा सञ्चालन गरिएको काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप