सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जिफन्टमा श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय नयाँ नेतृत्व चयन

मङ्गलबार, १० साउन २०७९, १० : ५४
मङ्गलबार, १० साउन २०७९

नेकपा एमाले निकट मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशन ५७ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेर सुरु भएको महाधिवेशन सोमबार राति विनोद श्रेष्ठलाई अध्यक्षमा पुन चयन गर्दै सम्पन्न भएको हो । महाधिवेशनले उपाध्यक्षमा रमेश बडाल, विदुर कार्की, जितेन्द्र बहादुर श्रेष्ठ, जनक चौधरी, मञ्जु थापा, सीता लामा र कमल गौतम चयन भएका छन् । 

त्यसैगरी महासचिव लक्ष्मण शर्मा र उपमहासचिवमा नरनाथ लुइँटेल र कमला तामाङ चयन भएका छन् । ५ जना सचिवमा क्रमश कृष्ण केसी, बेलीमाया घले, स्मृति लामा, महेन्द्रलाल श्रेष्ठ, र तारानिधी पन्त रहेका छन् । ४१ जना केन्द्रीय कार्यसमिति सदस्य चयन भएका छन् । 

जिफन्टको ५१ सदस्यीय कार्यसमितिको विधान परिवर्तन गर्दै ५७ सदस्यीय बनाएको छ । जसमा ८ उपाध्यक्षबाट १ घटाएर सात र ५ जना सदस्य थपेको हो । निर्वाचित नयाँ कार्यसमितिको मंगलबार दिउँसो औपचारिक घोषणा हुने उपाध्यक्ष जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप