आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्लाहीकाे हरिवनमा सेञ्चुरी बैंकको नयाँ शाखा

बुधबार, २२ भदौ २०७९, ०६ : ४९
बुधबार, २२ भदौ २०७९

सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मंगलबारदेखि सर्लाहीको हरिवन नगरपालिका वडा नं. १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुवास शर्मा, शाखा प्रमुख आशुतोष वैधलगायत बैंकका कर्मचारी तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

२०७९ असार मसान्तसम्ममा बैंकले रु. १ खर्ब १ अर्ब ४० करोड निक्षेप संकलन र रु. ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको कुल शाखा संख्या १४७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखासहित बैंकिङ्ग र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप