मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पाठकको हातबाट ‘इजोरिया’को लोकार्पण

शनिबार, २५ भदौ २०७९, ०६ : ५८
शनिबार, २५ भदौ २०७९

लोकप्रिय लेखक सुबिन भट्टराईको नयाँ उपन्यास ‘इजोरिया’ लोकार्पण गरिएको छ । किताब जात्राका अवसरमा काठमाडौंको प्रज्ञा–प्रतिष्ठान, डबलीमा शुक्रबार आयोजित विशेष कार्यक्रममा पाठकका हातबाट ‘इजोरिया’ लोकार्पण गरियो । 

कार्यक्रममा सहभागी दर्शकलाई आ-आफूले लिएका पुस्तक प्रदर्शन गर्न लगाएर पुस्तक सार्वजनिक गरिएको हो । फरक किसिमले पुस्तक लोकार्पण गर्न यस्तो शैली अपनाइएको प्रकाशक फाइनप्रिन्टले जनाएको छ । कार्यक्रममा लेखक भट्टराईसँग कवियित्री अस्मिता गौतमले अन्तरसंवादसमेत गरिन् । साथै उक्त अवसरमा गायिका समृद्धि राईले साङ्गीतिक प्रस्तुतिसमेत दिएकी थिइन् । 

उपन्यास ‘समर लभ’ र ‘साया’बाट चर्चित लेखक भट्टराईले पछिल्लो समय आफ्नो लेखनमा थप विविधता ल्याइरहेको प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताए । ‘सुबिनजीका प्रत्येक नयाँ पुस्तक मलाई अघिल्ला पुस्तकभन्दा पृथक् लाग्छन् । ‘इजोरिया’सम्म आइपुग्दा त उनी पूर्ण अर्कै लेखक भएर देखापरेका छन्,’ बरालले भने, ‘यौन हिंसाका घटना बढिरहेको योे समयमा उनको नयाँ उपन्यास एकदम सामयिक लाग्छ । यसले यौन हिंसाबारे बोल्न मानिसलाई उत्प्रेरित पनि गर्छ ।’ 

सुबिन भट्टराई नेपालका सर्वाधिक बिक्री हुने लेखक हुन् । प्रायः बेस्टसेलिङ पुस्तकका लेखकलाई झैं उनका पुस्तकलाई पनि सस्तो मनोरञ्जन भनेर आलोचना गरिन्छ । तर आफूलाई उनको लेखाइ ‘साहित्यिक लेख्ने’ भनेर चिनिएका लेखकहरूको लेखनभन्दा पनि राम्रो लाग्ने बरालको दाबी छ ।  

कार्यक्रममा लेखक भट्टराईले आफ्नो उपन्यास ‘इजोरिया’ बहुआयामिक कथा रहेको बताए । पारिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई आफूले विषयका रूपमा लिएको उनको भनाइ छ । ‘मैले उपन्यासमा मित्रताको सुगन्धलाई समेटेको छु । यहाँ महिलाका पीडा छन् । तिनका सङ्घर्ष पनि छन् । प्रेम र वियोगका झिना रेखा पनि छन्,’ उनले भने ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप