आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रभु बैंकले ल्यायो 'रेमिटेन्स पठाउँ, उच्च ब्याज कमाउँ' योजना

शुक्रबार, ३१ भदौ २०७९, १२ : ३०
शुक्रबार, ३१ भदौ २०७९

प्रभु बैंक लिमिटेडले आउँदै गरेको बडा दशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी विदेशमा आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा उच्च व्याजदर प्रदान गर्ने योजना अघि सारेको छ । 

योजना अन्तर्गत विदेशमा आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा प्रभु उन्नती मुद्दती खातामा बार्षिक १५.१३ प्रतिशत र प्रभु उन्नती बचत खातामा बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन प्रेरणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैकले लिएको छ । यो योजना आगामी असोज १ गतेदेखि लागु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप