सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लौरो अभियान : गण्डकी प्रदेशमा  १० जनाको स्वतन्त्र उम्मेदवारी घोषणा

शनिबार, ०१ असोज २०७९, २० : १८
शनिबार, ०१ असोज २०७९

लौरो अभियानले गण्डकी प्रदेश उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा गरी १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । 

गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङ  बाट राप्के गुरुङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर नेपाली, नवलपुर १ बाट तुल्सी भुसाल, तनहुँ २ बाट विष्णु पराजुलीले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।  उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरूले अबको नेतृत्व पुरानो नेतृत्वको विकल्पमा आफूहरू रहेको बताएका छन् ।

यस्तै, प्रदेश सभा सदस्य पदका लागि कास्की १ (क) बाट सुचेन्द्र परियार, ३ (क)बाट खेम तिमिल्सिना, स्याङ्जा १ (ख)बाट नरेन्द्र बहादुर थापा क्षेत्री, स्याङ्जा १ (क) बाट मकुल मियाँ, कास्की १ (ख) बाट  महेश श्रेष्ठ, नवलपुर १ (क) बाट बद्री काफ्लेले उम्मेदवारी घोषणा गरेका छन् । 

उम्मेदवारी घोषणा कार्यक्रममा लौरो अभियानका संयोजक सुमन सायमी, रोहन कार्की, प्रवक्ता हरि कार्कीलगायत अभियानका अभियन्ताहरूको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप