एभरेष्ट बैंकले सुरू गर्यो ई–पैँचो फोन लोन सुविधा
शुक्रबार, ०७ असोज २०७९, १२ : ५८
एभरेष्ट बैंकले “इ–पैँचो फोन लोन” सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप “इबीएल टच २४” मार्फत बिना धितो २ लाख सम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।
इ–पैँचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यसमा एक महिना भित्र वा ३, ६, ९ अथवा १२ महिनाको लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा समावेश छ ।
यसमा ग्राहकहरुको योग्यता मापनमा विभिन्न प्यारामिटरहरुको प्रयोग गरिएको बैंकको भनाइ छ ।