सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कान्टे फेरि घाइते

मङ्गलबार, २५ असोज २०७९, १४ : ३९
मङ्गलबार, २५ असोज २०७९

ह्यामस्ट्रिङको चोटबाट फर्कने प्रयासमा रहेका चेल्सीका मिडफिल्डर एन’गोलो कान्टे पुनः घाइते भएका छन् । गत हप्तामात्र प्रशिक्षणमा फर्किएका कान्टे फेरि चोटग्रस्त बनेका हुन् ।

गत अगस्तमा स्टामफोर्ड ब्रिजमा टोटनहमविरुद्धको खेलपछि कान्टे मैदान बाहिर रहेका छन् । फ्रान्सका खेलाडी पुनः खेलमा फर्कनका लागि प्रशिक्षणमा फर्किएका थिए । तर अहिले उनी पुनः घाइते भएको चेल्सीका मुख्य प्रशिक्षक ग्राहम पोटरले बताएका छन् । 

‘यो अवस्था उनी र क्लब दुवैका लागि निराशाजनक छ,’ उनले भने । कान्टेको अनुपस्थितिमा पनि मंगलबार एसी मिलानविरुद्धको खेलमा चेल्सीसँग सशक्त टोली रहेको उनको भनाई थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप