आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेरो उम्मेदवारी समग्र गोरखाको विकासको लागि : धिताल

मङ्गलबार, २५ असोज २०७९, १५ : १६
मङ्गलबार, २५ असोज २०७९

गोरखा क्षेत्र नम्बर १ ‘क’ मा सत्ता गठबन्धनको साझा उम्मेदवार कृष्ण धितालले आफ्नो उम्मेदवारी समग्र गोरखाको विकासका लागि भएको बताएका छन् ।  आफ्नो निर्वाचन क्षेत्रका नेता कार्यकर्तासँगगको भेटमा  धितालले आफ्नो उद्देश्य व्यक्तिगत नभई पार्टीको नीति तथा योजना भित्र बसेर गोरखाको समग्र विकासका साथै सहिदको सपना साकार पार्नु रहेको बताए । 

गोरखा १ ‘क’ का जनतासँग आफ्नो राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै धितालले आफू विजयी हुनेमा विश्वस्त रहेको बताए । गठबन्धनको साझा उम्मेदवार भएकाले गठबन्धन सबै नेता कार्यकर्तासँग छलफल गरेर अगाडि बढ्ने उनले  बताए । ‘यो क्षेत्रमा विकासको ठूलो सम्भावना  छ । बहुप्रतीक्षित आयोजना बुढीगण्डकी  परियोजनाको सफलता नै यस क्षेत्रको विकाससँग जोडिएको हुँदा  मेरो विशेष  ध्यान यसमा जानेछ’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप