सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालबाट ९१ करोड ६७ लाख रुपैयाँको अलैँची निर्यात

शनिबार, २९ असोज २०७९, १३ : २०
शनिबार, २९ असोज २०७९

नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० मा ९१ करोड ६७ लाख रुपैयाँको अलैँची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा उक्त मूल्यको अलैँची निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट विदेशतर्फ ११ लाख २५ हजार ९५० किलोग्राम अलैँची निर्यात भएको छ । नेपालबाट निर्यात भएको सबै अलैँची भारततर्फ निर्यात भएको छ । यस्तै, यस अवधिमा नेपालबाट ९ करोड ६० लाख रुपैयाँ बराबरको अदुवा निर्यात भएको छ ।

नेपालबाट दुई महिनाको अवधिमा २९ लाख ५९ हजार किलोग्राम अदुवा निर्यात भएको विभागले जनाएको छ । नेपालबाट निर्यात भएको अदुवा भारत र कतारतर्फ निर्यात भएको छ । यस अवधिमा भारततर्फ ९ करोड ५९ लाख रुपैयाँको र कतारमा १ लाख रुपैयाँको अदुवा निर्यात भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप