आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोल्पामा पनि गठबन्धन हुनु ठुलो कुरा हो : सिटौला

शनिबार, ०५ कात्तिक २०७९, १२ : २२
शनिबार, ०५ कात्तिक २०७९

नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले आगामि दिनमा पनि गठबन्धन कायम राख्नुपर्नेमा जोड दिएका छन् । उनले संविधानले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा जानुपर्ने बताए । संघीयताको सहि ढंगले कार्यान्वयन गर्ने, जनताको आकांक्षा पूरा गर्ने अठोटका साथ यो गठबन्धन बनेको उनले बताए ।

सिटौलाले गठबन्धनका नेताहरू भागबण्डा र सत्ताको लुछाचुँडीमा लाग्दैन भन्ने विश्वास रहेको बताए । विराटनगरमा आज आयोजित गठबन्धन दलको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी र गठबन्धनका नेताबीचको तिक्तता हटाएर जानुपर्ने उनको भनाइ छ । ‘यो संविधान जनताप्रति समर्पित छ भन्ने प्रमाणित गर्नुपर्छ। रोल्पा र रूकुममा पनि गठबन्धन भएको छ भने हामीले सोही अनुसार गठबन्धनलाई हामीले स्वीकार गर्नुपर्छ’, सिटौलाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप