सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतीय क्रिकेटमा महिला पुरुष खेलाडीलाई बराबर म्याच फी

शुक्रबार, ११ कात्तिक २०७९, १० : ३०
शुक्रबार, ११ कात्तिक २०७९

भारतीय क्रिकेटका महिला र पुरुष टोलीका खेलाडीहरुले बराबर म्याच फी पाउने भएका छन् । बीसीसीआईले महिला क्रिकेटरलाई पुरुष समान म्याच फी को व्यबस्था गरेको जनाएको छ ।

बीसीसीआईले पुरुष र महिलालाई टेस्ट, एकदिवसीय र टी–ट्वान्टी अन्तराष्ट्रिय प्रतियोगितामा समान म्याच फी दिने निर्णय गरेको हो । बीसीसीआईले एक टेस्ट बराबर १५ लाख, एक एकदिवसीय बराबर ६ लाख र एक टी–ट्वान्टी बराबर ३ लाख भारु पाउँदै आएका छन् ।

बीसीसीआईका सिईओ जय साहले महिला पुरुष दुबै टोलीका खेलाडीलाई बराबर म्याच फी दिने निर्णय उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप