मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जर्मन दूतावासमा दुई दिने नेपाल-जर्मन मार्ट २२ मेला, तस्बिरहरू

शनिबार, १२ कात्तिक २०७९, १५ : ४३
शनिबार, १२ कात्तिक २०७९

काठमाडौँस्थित जर्मन दूतावासमा नेपाल-जर्मन मार्ट २२ मेला शनिबारबाट सुरु भएको छ। मेलाको उद्घाटन जर्मन राजदूत डा. थोमस प्रिन्जले गरेका थिए। यस मेलाको मुख्य उद्देश्य नेपाल र जर्मनीबीचको व्यापार प्रवर्द्धन रहेको छ। यस मेलामा नेपाल र जर्मनीका उत्पादनहरूका साथै खाना र संस्कृतिको प्रदर्शन गरिनेछ। नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनजीसीसीआई)ले जर्मन दूतावास काठमाडौँको सहकार्यमा प्रदर्शनी आयोजना गरेको हो।

जर्मन राजदूत डा. प्रिन्जले भने, ‘कोभिडको कारणले २ वर्षदेखि अवरुद्ध भएको द्विपक्षीय व्यापारमा सकारात्मक विकासलाई निरन्तरता दिने हाम्रो उद्देश्य रहेको छ।’ प्रदर्शनीमा नेपाल र जर्मनीका ४० कम्पनीको सहभागिता रहनेछ। प्रदर्शनीमा जलविद्युत, अटोमोबाइल र पर्यटन क्षेत्रका कम्पनीका स्टलहरू रहेका छन् । साथै गलैँचा, फेल्ट, हस्तकला आदिका स्टलहरू रहेका छन्। साथै नेपाली तथा जर्मन खाद्य तथा पेय पदार्थका स्टलहरू समेत राखिएको छ। कार्तिक १३ गते मेलामा सांस्कृतिक नृत्य कार्यक्रमको आयोजना गरिएको छ।

प्रदर्शनीको लक्ष्य नेपाल र जर्मनीबीच सहकार्यको निम्ति आधार निर्माण गरी द्विपक्षीय आर्थिक सम्बन्धमा योगदान पुर्‍याउने रहेको छ। प्रदर्शनी भौतिक रूपमा जर्मन दूतावासमा दुई दिनसम्म चल्नेछ । यस मेलामा करिब ८०० जना प्रत्यक्ष र भर्चुअल प्रदर्शनीमा लगभग ७००० जनाले भाग लिने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप