सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारीलाई ठाउँको ठाउँ कारबाही गर्न मलाई मत दिनुहोस् ः पोखरेल

आइतबार, १३ कात्तिक २०७९, ११ : ४६
आइतबार, १३ कात्तिक २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोखरेलले भ्रष्टाचारीलाई कारबाही गर्न आफूले चुनाव जित्नुपर्ने बताएकी छिन् ।

आइतबार काठमाडौँ वडा नं ९ स्थित बत्तिसपुतलीमा मतदातासँग भेटघाट कार्यक्रममा उनले भ्रष्टाचारीहरूको कालो कर्तुत पर्दाफास गरी वर्षौँदेखि अनधिकृत रूपमा कुम्ल्याएको सम्पत्ति राज्यको ढुकुटीमा ल्याउनुपर्नेमा जोड दिइन् । भ्रष्टाचारीहरूलाई ठाउँको ठाउँ कारबाही गर्न आगामी निर्वाचनमा आफूलाई मत दिन पोखरेलले आग्रह गरिन् । 

कार्यक्रममा उनले अहिले देशमा बेरोजगारीको ठुलो समस्या भएकाले त्यसको अन्त्यको लागि राज्यले नीति बनाउन आवश्यक रहेको बताइन् । उनले संसद् भनेको राज्यको नीति, नियम बनाउने थलो भएकोले युवाहरूको पक्षमा आवाज उठाउन आफू संसद्मा पुग्नुपर्ने दाबी गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप