सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कीर्तिपुरमा सिमसार म्युजिक फेस्टिभल आयोजना गरिँदै

सोमबार, १४ कात्तिक २०७९, १० : ५२
सोमबार, १४ कात्तिक २०७९

‘विथ लोकल नेपाल’ र ‘कुटुम्ब’ ब्यान्डको संयुक्त आयोजनामा कीर्तिपुर नगरपालिका वडा नं ४ स्थित सिम क्षेत्र ‘सिमसार म्युजिक फेस्टिभल’ हुने भएको छ । पहिलो पटक आयोजना हुन लागेको म्युजिक फेस्टिभलमा दर्शकले लोकप्रिय गीत संगीतमा कलाकारकै लाइभ प्रस्तुति मार्फत रमाउन पाउनेछन् । 

सिम क्षेत्रलाई प्रवर्धन गर्नका लागि फेस्टिभलको आयोजना गर्न लागिएको आयोजक ‘विथ लोकल नेपाल’ का सुदिप महर्जनले जानकारी दिए । ​फेस्टिभलमा कुटुम्ब ब्यान्ड, कान्ता दब दब अलवा विभिन्न गायक गायिकाले आफ्ना हिट गीत समेत प्रस्तुत गर्नेछन् । कार्तिक २६ गते आयोजना हुने फेस्टिभलमा टिकटको समेत व्यवस्था गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप