सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गायिका जेरीले लिइन् श्रीमान् शंकरसँग डिबोर्स

बिहीबार, २४ कात्तिक २०७९, १७ : ४८
बिहीबार, २४ कात्तिक २०७९

गायिका बबिता बानियाँ ‘जेरी’ ले श्रीमान् गायक शंकर क्षेत्रीसँगको वैवाहिक सम्बन्ध टुङ्ग्याएकी छन् । दुबैले सहमतिमा औपचारिक रुपमै सम्बन्ध टुङ्ग्याएका हुन् ।  सम्बन्ध विच्छेदका लागि दुबैले काठमाडौं जिल्ला अदालतमा केही अगाडि निवेदन दिएका थिए । बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर दुईले वैवाहिक सम्बन्ध आधिकारिक रुपमा टुङ्ग्याएको गायक तथा सञ्चारकर्मी कमल सरगमले जानकारी दिए ।

करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरूको एक छोरी छिन् । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगन्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरूबीच गायनकै सिलसिलामा प्रेम बसेको थियो । छोरीको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप