सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पर्सा १ (क) मा माओवादी केन्द्रका रहवर अन्सारी तेस्रो प्रयासमा विजयी

बुधबार, ०७ मङ्सिर २०७९, ०६ : ४२
बुधबार, ०७ मङ्सिर २०७९

पर्सा निर्वाचन क्षेत्र नं १ (क) प्रदेश सभा सदस्य तर्फ माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी विजयी भएका छन् । 

अन्सारीले ७ हजार ८१७ मत प्राप्त गर्दा नेकपा एमाले उम्मेदवार विचारीप्रसाद यादवले ५ हजार २८६ मत ल्याएका छन् । सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका अन्सारीले एमाले उम्मेदवार यादवलाई २ हजार २९८ मतले पछि पार्दै विजयी भएका हुन् । सो निर्वाचन क्षेत्रमा २८ हजार २७३ मत खसेको थियो । 

२०७४ को स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिका नगप्रमुखको उम्मेदवार फेरि २०७४ मै प्रदेशसभा सदस्य सदस्यमा उम्मेदवार रहेका रहवरले तेस्रो प्रयासमा जनप्रतिनिधिमा निर्वाचित भएका छन् । करिव ३७ वर्ष उमेर समूहका अन्सारी हालसम्म पर्साबाट निर्वाचित जनप्रतिनिधि मध्ये सबैभन्दा कम उमेर समूहका युवा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप