काठमाडौं १० बाट ह्याट्रिक गरेका राजेन्द्रकुमार केसीलाई ५१ केजीको मालाद्वारा स्वागत
बुधबार, ०७ मङ्सिर २०७९, ११ : २३
काठमाडौं क्षेत्र नं १० बाट प्रतिनिधिसभा सदस्यमा लगातार तेस्रो पटक विजय हासिल गरेका नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीलाई ५१ केजीको फुलमालाले स्वागत गरिएको छ । उनलाई विजय र्यालीका क्रममा शो माला लगाइदिएको हो ।
केसीले १४ हजार ४५८ मतका साथ यो पटक पनि विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार हिमेश केसीले ११ हजार ७८० मत पाएका छन् ।
केसीसँगै उक्त माला काठमाडौं क्षेत्र नम्बर १० (क)बाट विजयी हुने पुकार महर्जन र (ख)बाट विजयी हुने रमा आले मगरलाई पनि लगाइदिएको थियो ।