पृथ्वीसुब्बा गुरूङ लमजुङबाट विजयी, को हुन् गुरुङ ?
एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ प्रतिनिधिसभा सदस्यमा जित हात पारेका छन् । मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा गुरूङ माओवादीका महासचिव देवप्रसाद गुरूङलाई पराजित गर्दै उनले जित हात पारेका हुन् ।
सुरुवातमा माओवादीका देव गुरुङले अग्रता लिएको भए पनि मतगणना अन्तिमतिर पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याएर विजयी भए । माओवादीका गुरूङले ३१ हजार ७ सय ८१ मत प्राप्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत ल्याए ।
विजयी गुरूङ गण्डकीका संस्थापक मुख्यमन्त्री हुन् । प्रदेश संरचनालाई बलियो बनाउन मुख्यमन्त्री हुँदा आफ्नै नेतृत्व केपी ओली प्रति खरो प्रस्तुत भएर चर्चामा रहेका गुरूङ गण्डकी प्रदेशका ब्रेन फादर हुन् । गुरूङकै नेतृत्वमा पहिलो कार्यकालमा गण्डकी प्रदेश र राजधानीको छिनोफानो लाग्यो । प्रदेशकै पहिलो हुँदै गण्डकी र राजधानी पोखरा सदनमा बहुमतले पारित भयो ।
गुरूङकै पालमा प्रदेश संरचनालाई बलियो बनाउन गण्डकी विश्वविद्यालय स्थापना गरे । प्रदेशमा एक घर एक धाराको अभियान सञ्चालन गरेर लाखैं घरमा धारा पुर्याए । यसलाई कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्व सरकारले पनि निरन्तरता दिएको छ । साढे ३ वर्ष सरकारको नेतृत्वमा रहदा गुरूङले उज्ज्यालो प्रदेशको परिकल्पना गर्नेदेखि प्रदेश मुख्यमन्त्रीहरुको भेला गरेर प्रदेशका अधिकारकालाई एकीकृत गर्न माग गरे ।
उनले कालिगण्डकी डाइभर्सन देखि प्रदेशको विकासको सवालमा उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग तर्क बहस र प्रतिवाद गरे । यति बेला गुरूङ निभाएको भूमिकाको विपक्ष दलका नेताले पनि खुलेर प्रशंसा गर्छन् ।
राजनीति उतारचढावसँग सरकार ढलेपछि यसपटक उनी दोस्रो कार्यकालका लागि प्रदेशमा उम्मेदवार बन्न चाहेपनि पार्टीले प्रतिनिधिसभामा उम्मेदवार बनाएको थियो ।
०७४ सालको चुनावमा‌ माओवादी केन्द्रसँगकोको गठबन्धनमा गुरूङ प्रदेश र माओवादीका महासचिव गुरूङ प्रतिनिधि सभामा सोही क्षेत्रबाट विजयी भएका थिए ।
गुरूङ दृष्टिकोण र व्यवहारले गुरुङ बौद्धिक नेताका रुपमा चिनिन्छन् । उनको जन्म २०१४ साल फागुन १ गते गंगाप्रसाद र चिनी गुरुङका छोराका रुपमा गिलुङ गाविस(८, टक्सार (हाल क्होला सोंथार गाउँपालिका-९, टक्सार, लमजुङ) मा भएको हो ।
विज्ञानमा स्नातक गुरुङ पञ्चायतकालमै राजनीतिमा होमिएका गुरूङ शिक्षक आन्दोलनबाट राजनीतिमा उदाएका हुन् । गुरूङ पटक पटक पञ्चायतकालमै प्रहरी हिरासतमा परे । २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार(अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव हुँदै राजनीतिमा लागेका गुरूङ ०४० मंसिरमा उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा भएका थिए ।
उनले २०३७ मा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए । २०६४ सालमा लमजुङ क्षेत्र नम्बर २ बाट १९ हजार ५ सय ८३ मतसहित उनी प्रतिनिधि सभामा विजयी भएका थिए ।
यति बेला कमजोर अवस्थामा रहेको कम्युनिष्ट जगलाई गुरुङले मिहिनेत गरेका थिए । तर, २०५१ र २०५६ सालको आमनिर्वाचन लमजुङमा उनी हारेका थिए । २०६४ सालमा देवगुरूङ र पृथ्वी सुब्बा गुरुङ दुबैले चुनाव जिते ।
तत्कालीन २०६२-०६३ जनआन्दोलनपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएका थिए । एमालेमा सचिव हुँदै उपमहासचिव भएका गुरूङ एमाले महाधिवेशन महासचिवका दावेदार थिए । तर, उनी सर्वसम्मत उपमहासचिवमा चुनिए । गुरुङ २०७० को संविधानसभाको निर्वाचनमा कांग्रेस उम्मेदवारसँग पराजित भए थिए ।
गुरुङलाई अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा जान खोजेको आरोप पनि वेलावेला लागिरहन्छ । त्यो आरोपबीच एमालेमै रहेर आफ्नो राजनीतिक यात्रामा अघि बढिरहे ।
०७४ सालपछि मुख्यमन्त्री हुँदा प्रदेशका अधिकारसँग अधिकारका विषयमा लड्ने बलियो भएकाले सत्ता पक्षकै नेताहरू उनको प्रशंसा गर्छन् ।