दाङ २ (२) बाट कांग्रेसका प्रचण्ड बिक्रम न्यौपाने विजयी
बिहीबार, ०८ मङ्सिर २०७९, ०९ : १७
दाङ क्षेत्र नं. २ को प्रदेशसभा २ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) विजयी भएका छन् ।
गठबन्धनतर्फका उम्मेदवार न्यौपानेले १७ हजार ४ सय २३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार गिरिराज केसीले १६ हजार ६ सय ९९ मत ल्याएका छन् ।