रुपन्देही २ को (१) मा एमालेका लिला गिरी विजयी
बिहीबार, ०८ मङ्सिर २०७९, ०९ : ३०
रुपन्देही क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट एमालेका लिला गिरी विजयी भएका छन् ।
१७ हजार ६३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसी ले १४ हजार ९९८ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो।