मोरङ ४(२) बाट कांग्रेसका भीम पराजुली निर्वाचित
मोरङको क्षेत्र ४(२) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।
निर्वाचन कार्यालयले सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पराजुलीले १ हजार ७८८ मतका साथ बाजी मारेका छन् । उनका प्रतिस्पर्धी प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा एमालेका नेता जीवन घिमिरेले ९ हजार ६ सय ९१ मत मात्रै ल्याएका छन् । तेस्रो भएका राप्रपाका माधवप्रसाद आचार्यले ६ हजार ९३५ मत पाए ।
१ हजार ७८८ मतान्तरले पराजुलीले जित निकालेका हुन । यो जितसँगै पराजुलीले प्रदेशसभामा संसदको ढोका खोल्न सफल भएका छन् । पराजुली विराटनगर महानगरपालिका पूर्व मेयर पनि हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमाले नेता विनोद ढकाललाई हराउँदै विराटनगर महानगरपालिको मेयरमा निर्वाचित भएका थिए । त्यस बेला उनले एमाले नेता ढकाललाई ५ हजार ५१० बढी मत प्राप्त गरे मेयर भएका थिए । त्यसबेला पराजुलीले २३ हजार ३१ मत प्राप्त गरे भने ढकालले १७ हजार ३२१ मत पाएका थिए ।