चापाकल चिह्नको कमाल : ४ उम्मेदवार विजयी
शुक्रबार, ०९ मङ्सिर २०७९, ०९ : ५३
आइतबार सम्पन्न आम निर्वाचनबाट चापाकल चुनाव चिह्नबाहक ४ स्वतन्त्र उम्मेदवारको उदय भएको छ ।
मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५, रौतहट क्षेत्र नम्बर २, ३ र बर्दिया क्षेत्र नम्बर २ बाट चापाकल चिह्नबाहक स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् ।
मोरङ ५ बाट योगेन्द्र मण्डल २१ हजार ८२० मतका साथ विजयी भए । यसैगरी रौतहट २ बाट किरण कुमार साह ३२ हजार ८४२ तथा रौतहट ३ बाट प्रभु साह ३२ हजार ४३७ मतका साथ विजयी भए ।
यस्तै बर्दिया २ बाट लालवीर चौधरी २६ हजार ५२० मतका साथ विजयी भए ।