रामेछापबाट प्रदेश सभामा माओवादीका तारानारायण श्रेष्ठ निर्वाचित
शुक्रबार, ०९ मङ्सिर २०७९, १० : ०४
रामेछापबाट प्रदेश सभा ‘क’ तर्फ नेकपा (माओवादी केन्द्र)का नेता तारानारायण श्रेष्ठ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले नेकपा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेललाई पराजित गरे ।
श्रेष्ठले १७ हजार १४८ मत हाँसिल गरेका छन् । एमाले उम्मेदवार पौडेल १५ हजार १५७ मत सहित दोस्रो भए । श्रेष्ठ र पौडेलको बिचमा १९ सय ९१ मतान्तर रहेको छ । जिल्ला निर्वाचन कार्यालयले श्रेष्ठलाई विजयी घोषणा गरेका छ ।