रामेछापको प्रदेश सभा ‘ख’मा माओवादी केन्द्रका युवराज चौलागाईं निर्वाचित
आइतबार, ११ मङ्सिर २०७९, १० : ४९
रामेछापको प्रदेशसभा ‘ख’मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाई निर्वाचित भएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार चौलागाईं २२ हजार ९ सय ७८ मतसहित निर्वाचित भएका हुन् ।
चौलागाईंले नेकपा एमालेका उम्मेदवार मिलनकुमार घिसिङलाई पराजित गरेका छन् । घिसिङले १८ हजार २ सय ५ मत पाएका छन् । चौलागाईं र घिसिङको बीचमा ४ हजार ७ सय ७३ मतान्तर छ ।