बाबुराम भट्टराई र कांग्रेस नेता केसीबीच भेटवार्ता, के भयो कुराकानी ?
बुधबार, २८ मङ्सिर २०७९, १२ : ४७
नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीबीच आज भेटवार्ता भएको छ ।
टोखा स्थित डा भट्टराईको निवासमा भएको भेटमा निर्वाचनको समीक्षा, संसद्को अंकगणित र सरकार गठनको सम्भावनाबारे छलफल भएको थियो । बिहान करिब १ घन्टा ३० मिनेट भएको छलफलमा अर्थतन्त्र सुधारको सन्दर्भमा गठबन्धन दलहरुबीच साझा अवधाधारणा तयार गरी सहकार्यको साथ अगाडि बढ्ने समझदारी भएको बताइएको छ ।