सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डुडुवा गाउँपालिकाले बल्ल ल्यायो बजेट

बुधबार, ०६ पुस २०७९, ०६ : ४२
बुधबार, ०६ पुस २०७९

बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक वर्ष सुरु भएको ६ महिनापछि नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ । 

असारभित्र बजेट पारित गरिसक्नुपर्ने भए पनि डडुवाले पुस ५ गते मात्र १२ औँ गाउँसभाबाट ६५ करोड ३१ लाख ९३ हजारको बजेट पारित गरेको हो । 

गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले शिक्षा, स्वास्थ, स्वरोजगार, कृषि, विकास निर्माण, वन तथा वातावरण लगायतको १८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप