आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झलनाथ खनाल पनि पुगे बालुवाटार

आइतबार, १० पुस २०७९, १२ : १२
आइतबार, १० पुस २०७९

राष्ट्रपति विद्या भण्डारीले नयाँ सरकार गठनको लगि दिएको समय सकिन लागेपछि सत्ता गठबन्धन घनीभूत छलफल जुटेको छ । 

प्रधानमन्त्रीमा कांग्रेस र माओवादी केन्द्रले दाबी नछोडे पनि सहमति जुटाउने प्रयास भने भइनै रहेको छ । बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भइरहेकोमा समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि थपिएका छन् । 

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका खनालले पनि राष्ट्रपतिमा दाबी गर्दै आएका छन् । तर पद भागवण्डामा सहमति नजुट्दा सत्ता गठबन्धनको भविष्यलाई लिएर प्रश्न उठ्न सुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप