आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लेखराज र खगराजबीच भेटवार्ता, के भयो कुराकानी ?

बिहीबार, १४ पुस २०७९, ११ : १८
बिहीबार, १४ पुस २०७९

नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम इन्चार्ज खगराज भट्टबीच बुधबार औपचारिक भेटघाट भयो । कुनै समय लेखराज र खगराज दुवै एउटै पार्टी माओवादीमै थिए । 

लेखराज एमाले प्रवेश गरेपछि दुवै नेतावीच सम्बन्ध चिसिएको थियो । एकाध बिहे पार्टी र अन्य कार्यक्रममा जम्का भेट हुने बाहेक औपचारिक रुपमा भेटघाट छलफल भएको थिएन । बुधबार राजनीतिक सहकार्यका विषयमा पहिलो पटक लेखराज र खगराजबीच छलफल भएको खगराजले बताए । एमाले र माओवादीका दुई शीर्ष नेताबीच प्रदेश सरकार गठनका विषयमा छलफल भएको खगराजले बताए ।

‘नयाँ परिस्थितिमा गठबन्धन पनि प्रदेशमा समेत नयाँ समझदारीको वातावरण बनाउनुपर्ने देखियो । त्यसैले लेखराज निवास गरेर भेटेको हुँ’ रातोपाटीसँग कुरा गर्दै खगराजले भने, ‘नयाँ गठबन्धनमा कसरी सहकार्य गरेर जाने भन्ने विषयमा छलफल भयो ।’ दुई नेताबीचको भेटमा लेखराज समेत प्रदेश सरकारमा मिलेर जाने विषयमा सकारात्मक देखिएको खगराजले बताए । 

पाँच दलीय गठबन्धन हुँदा खगराजलाई प्रदेशको मुख्यमन्त्री बनाउनेगरी प्रदेश सभामा लडाएको थियो । डढेलधुराबाट प्रतिनिधि सभामा कांग्रेस सभापति शेरबहादुर देउवालाई छोडेर उनी प्रदेश सभामा लडेका थिए । तर, पाँच दलीय गठबन्धन औपचारिक फुटेपछि खगराज एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराजलाई भेटेर मुख्यमन्त्रीमा सहयोग मागेको बताएको छ । 

माओवादीबाट दलको नेता र मुख्यमन्त्रीमा खगराजको मात्रै दाबी छ । उनी पार्टीभित्रका हाइप्रोफाइल नेतामा पर्छन् । त्यसैले माओवादीले समेत सुदूरपश्चिमको मुख्यमन्त्री आफ्नो मागमा हुनुपर्ने दाबी छोडेको छैन । एमालेबाट प्रदेश मुख्यमन्त्रीमा राजेन्द्र रावल र चक्रबहादुर मल्लले दाबी गरेका छन् ।  प्रदेशमा माओवादी ११ सांसद र एमालेका १० जना छन् । प्रदेशको सासदको हिसाब किताबले समेत खगराजको मुख्यमन्त्रीको सम्भावना बलियो भएको देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप