आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भैरहवा भन्सार कार्यालयले मिसावटयुक्त खाद्य पदार्थ अफलाइनमा पास गरेको आरोप

सोमबार, १८ पुस २०७९, ११ : ४०
सोमबार, १८ पुस २०७९

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अटेर गरेर मिसावटयुक्त खाद्य पदार्थको निरन्तर भन्सार पास गरिरहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले आरोप लगाएको छ । भन्सार विभागले नाकामा हुने जाँचपासमा एक द्वार प्रणाली लागु गरे पश्चात् भन्सार कार्यालय, भैरहवाले नेपाल सरकार मन्त्रिस्तरीयको गत बैशाख ५, २०७८ (च.नं ३३६०) को निर्णय उलंघन गर्दै आयातित खाद्यान्न (चामल, गहुँ, मकै, तोरी गेडा, सुख्खा फलफूल इत्यादि) को नमुना विश्लेषणका लागि हालसम्म कुनै स्याम्पल नपठाएको गुणस्तर प्रमाणीकरण कार्यालयले जनाएको हो । 

देशका अरु भन्सार कार्यालयहरुले सम्बन्धित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरुमा अनलाइन मार्फत त्यस्ता प्रकारका नमुनाहरु विश्लेषणका लागि पठाउने गरेको प्रमाण समेत पटक पटक पठाउँदा पनि भन्सार कार्यालय, भैरहवाले हालसम्म कुनै समन्वय नगरेकोमा कार्यालयले दुखेसो गरेको छ ।

जसले गुणस्तरहीन चामल, रंग मिसिएको दाल, खेसारी मिश्रित दाल, एग्रिमोनी मेक्सिना मिश्रित तोरीको गेडा, अफ्लिटोनिया भएको मकै र अफ्लिटोनिया भएको सुख्खा फलफूल जस्ता स्वास्थ्यलाई गम्भीर असर पर्ने मिसावट युक्त खाद्यान्न नाकाबाट भित्रिन सक्ने खतरा रहेको कार्यालयले जनाएको छ । 

साथै यस्तो विषम आर्थिक स्थितिमा अफनालाइन भन्सार जाँचपाँसले लाखौँको राजश्व चुहावट हुने खतरा समेत देखिएको गुणस्तर प्रमाणीकरण कार्यालयले जनाएको छ । 

हरेक पटक भन्सार कार्यालय, भैरहवालाई सो बारे सम्झाउँदा माथिबाट एनएनएसडब्लूबाट जस्तो निर्देश आउछ त्यस्तै कार्यान्वयन गरिरहेको व्यहोरा जानकारी गराउने गरेको कार्यालयको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप