आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसद्मा पारदर्शिताको अपरिहार्यतालाई स्थापित गर्न सक्नुपर्छ : संयोजक शाही

मङ्गलबार, १९ पुस २०७९, १३ : २५
मङ्गलबार, १९ पुस २०७९

प्रदेश सभाका निःवर्तमान सभामुख उपसभामुखको साझा फोरम स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले प्रदेश सभालाई प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन् । स्पिकर्स फोरम नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा संयोजक शाहीले क्रियाशील संस्थापक प्रदेश सभाका सभामुख र उपसभामुखहरूको अनुभवबाट प्रदेश सभालाई आगामी दिनमा झनै प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका हुन् । 

उनले प्रदेश संरचनाहरू प्रभावकारी बनाउन र व्यवस्थापकीय संस्थाहरू प्रभावकारी बनाउन फोरमले भूमिका खेल्ने बताए । उनले भने, ‘पारदर्शीताको आधार स्तम्भ भनेकै विधायिकी खुलापन हो भन्ने मान्यता अनुरूप हामी आफूहरूले आर्जन गरेको अनुभव र ज्ञानलाई संसदीय खुलापनको क्षेत्रमा वकालत गर्न लगाउने विचार गरेका छौँ । हाम्रा सांसदहरु जति क्रियाशील र खुला हुन्छन् सरकार र व्यवस्था त्यत्ति नै पारदर्शी हुन्छ । पारदर्शी सरकार नै देश र जताप्रति जिम्मेवार र जवाफदेही बन्छन् । हामी निवर्तमानहरुले यो अभियानलाई अगाडि बढाउनसक्यौँ भने प्रदेश सभाहरूमा खुला पन दिन र क्रियाशील बनाउन सकिन्छ, जनताप्रति उत्तरदायी बन्ने भनेको पारदर्शी सरकार हो । त्यसैले पारदर्शीताको आवश्यकता छ । संसदीय खुलापनलाई पनि हामीले अवलम्बन गर्नुपर्नेछ, त्यसमा हामी सबैले प्रोत्साहन दिनुपर्छ । संघ र प्रदेशको बीचमा औपचारिक सम्बन्ध, संयन्त्र छैन, त्यसलाई पनि कतै न कतै जोड्नुपर्छ । राष्ट्रिय सभा र स्थानीय सरकारसँग हामीले पुलको काम गर्नसक्छौँ, आफ्नो पहिलो कार्यकाल सम्पन्न भएसँगै के के काम गर्न सकियो र के के गर्न सकिएन भन्ने समीक्षा हामीले पनि गर्नु जरुरी छ । योसँगै हामीले गर्न सकिने तर नगरेको र नपाएको दुवै कामको पनि समीक्षा हुन जरुरी छ ।’

उनले थपे, ‘हाम्रो पहिलो कार्यकालमा हाम्रा कामहरूका विषय र प्रसङ्गहरू फरक फरक भए पनि कार्यसम्पादन प्रवृत्ति समान नै छ । यसलाई समुच्च र समग्रमा समीक्षा गर्न सकिन्छ । प्रदेशसभाको विधायिकी स्वायत्तता , विधायिकी खुलापन र विधायिकी जवाफदेहीतामा मेहनतका साथ काम गर्नुपर्नेछ । यसका लागि नयाँ नेतृत्वलाई हाम्रो अनुभव महत्त्वपूर्ण हुन्छ । आफ्ना क्षेत्रका जनतासम्म विधायिकी पहुँच बिस्तार गर्न हामीले नै पुल बनेर काम गर्नसक्छौँ ।’ संयोजक शाहीले संघीय संसद्ले हासिल गरेका ज्ञान, सीप र अनुभवलाई प्रदेश सभासम्म लैजानसके प्रदेश सभाको संसदीय कामकारबाहीमा थप चुस्तता हुने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप