तस्बिरमा हेर्नुहोस् बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको शपथ
मङ्गलबार, २६ पुस २०७९, ११ : ५५
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
यस्तै शर्माले नेकपा एमालेबाट जगन्नाथ थपलिया र राप्रपाबाट उद्धव थापालाई पनि शपथ गराएका छन् । थपलियाले प्रदेशको अर्थ मन्त्रालय सम्हाल्ने अवसर पाएका छन् भने थापालाई विभागीय जिम्मेवारी तत्काल दिइएको छैन । यसैबीच मुख्यमन्त्री जम्कट्टेलले मंगलबार नै पदभार पनि ग्रहण गरेका छन् ।