सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला मन्त्री थपलिया

मङ्गलबार, २६ पुस २०७९, १४ : ३०
मङ्गलबार, २६ पुस २०७९

मकवानपुर । बागमती प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालाई जिम्मेवारी दिइएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा मंगलबार बसेको पहिलो बैठकले थपलियालाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । 

त्यस्तै उक्त बैठकले प्रादेशिक संरचना निर्माणका लागि संघीय सरकार समक्ष पठाइएको जग्गा प्राप्ति सम्बन्धी सिफारिसको फलोअप गर्ने निर्णय गरेको छ । उक्त विषयमा थप पहल गर्न प्रदेशको मुख्य सचिव मुकुन्दप्रसाद न्यौपानेलाई जिम्मेवारी दिइएको प्रवक्ता थपलियाले बताए । 

त्यसैगरी आज बसेको मन्त्रीपरिषद् बैठकले मुख्यमन्त्री जम्मकट्टेलले गरेको पहिलो निर्णयलाई अधि बढाउने निर्णय गरेको छ । बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको हो । उक्त विषयमा अध्ययनका लागि मुख्य सचिव न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ । सो कार्यदलले आगामी १५ दिन भित्र प्रतिवेदन तयार पारी पेस गर्न निर्देशन दिइएको छ । समितिको सदस्यहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानुन सचिव लगायत रहने गरी तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप