आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओस्कार अवार्डका लागि सर्टलिस्ट भएको छैन ‘द कश्मिर फाइल्स’

मङ्गलबार, २६ पुस २०७९, १५ : ०१
मङ्गलबार, २६ पुस २०७९

ओस्कार २०२३ मा द कश्मिर फाइल्स शर्टलिस्ट भएको खबर भारतीय सञ्चार माध्यममा प्रकाशित भएका थिए । द कश्मिर फाइल्सका निर्देशक विवेक अग्निहोत्रीले ट्वीट गरेपछि यस्तो समाचार बाहिरिएको थियो तर यो खबर गलत भएको एक भारतीय सञ्चार माध्यमले बताएको छ । उक्त सञ्चार माध्यमले ओस्कारकै साइटमा गरेर जानकारी बटुलेको छ ।

तर वास्तवमा के हो भने ओस्कर २०२३ मा हालसम्म द कश्मिर फाइल्स सर्टलिस्ट भएको छैन । यद्यपि, फिल्म प्रतिस्पर्धामा भने छ । ओस्कार २०२३ मा अघि बढ्नका लागि लायक भएको हो तर योभन्दा बढी कुनै उपलब्धि हासिल भने भएको छैन ।

विवेक अग्निहोत्रीले के लेखे ?

सबैभन्दा पहिला विवेक अग्निहोत्रीले आफ्नो ट्विटमा के लेखेका छन्, त्यसबारे जानकारी लिऔँ । उनले लेखेका छन्, ‘ठूलो घोषणा । द कश्मीर फाइल्स द एकेडेमीको फर्स्ट लिस्टमा ओस्कर २०२३ का लागि शर्टलिस्ट भएको छ । यो भारतको पाँच फिल्ममध्ये एक हो । म सबैलाई बधाई दिन्छु ।’

अर्को ट्विटमा निर्देशक लेख्छन्, ‘पल्लवी जोशी, मिथुन चक्रवर्ती, दर्शन कुमार, अनुपम खेर उत्कृष्ट अभिनेताको सूचिमा शर्टलिस्ट भएको छ ।  यो त सुरुवात मात्रै हो । बाटो लामो छ । सबैलाई आशीर्वाद दिनुहोस् ।’

Captureतर यदि एकेडेमी अवार्डको आधिकारिक वेबसाइटमा जाने हो भने विवेक अग्निहोत्रीको दाबी गलत भएको ठहर हुन्छ । फिल्म शर्टलिस्ट भएको छैन । भारतको तर्फबाट एउटा मात्रै फिल्म ओस्कारका लागि इन्टरनेशनल फिचर फिल्म श्रेणीमा शर्टलिस्ट भएको छ । त्या ेहो ‘द लास्ट फिल्म शो’ । यही एउटा भारतीय फिल्म शर्टलिस्ट भएको छ । यसको घोषणा पहिले नै भइसकेको थियो । अन्य श्रेणीमा शर्टलिस्ट भएका फिल्मको जानकारी आउन बाँकी नै छ ।

Capture1९ जनवरी २०२३ मा एकेडेमी अवार्डका लागि योग्य ३०१ फिल्मको कन्टेन्सन लिस्ट निकालिएको थियो । यो सूचीमा कांतारा, द कश्मिर फाइल्सको नाम समावेश थियो । पत्रकार सम्मेलनमा कतै पनि लेखिएको छैन कि यी फिल्म शर्टलिस्ट छन् । यी सबै फिल्मको भोटिङ प्रोसेस पछि रिफर गरिनेछ । यहाँ स्पष्ट लेखिएको छ कि यो एलिजिबिलिटी लिस्ट हो अर्थात् यी फिल्मले ओस्कारका सबै मापदण्डलाई पूरा गरेर अगाडि बढ्ने योग्यता राख्छ । ओस्कारको रेसमा यसका नाम छन् । तर यी फिल्म पछि शर्टलिस्ट हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप