गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्रीलाई
बुधबार, २७ पुस २०७९, ०८ : २१
काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा गण्डकी प्रदेशमा सरकार विस्तार, दलीय भागबन्डा र विश्वासको मत लिने तयारीका विषयमा छलफल भएको बताइएको छ ।
६० सदस्यीय प्रदेशसभामा उनी ३३ सांसदको समर्थनसहित सोमबार मुख्यमन्त्रीमा नियुक्ति भएका थिए ।