बागमती प्रदेशको सभामुखमा नेमकिपाकी सायजुको उम्मेदवारी
बिहीबार, २८ पुस २०७९, १३ : ०३
बागमती प्रदेशको सभामुख पदका लागि नेमकिपाकी सृजना सायजुले मनोनयन दर्ता गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर सायजुले सभामुख पदमा मनोनयन दर्ता गरेका हुन् ।
उनले नेमकिपाका सांसद को प्रस्ताव सुरेन्द्रराज गोर्साइ र गीता काफ्लेको समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।
उनले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम (२) बमोजिम मनोनयन दर्ता गरेकी हुन । उनी भक्तपुरबाट नेपाकिपाको समानुपातिक कोटाबाट सांसद चुनियकी हुन् ।
११० सदस्यीय बागमती प्रदेशसभामा नेमकिपाका ३ जना सांसद रहेका छन् ।