सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
समाचार

बागमती प्रदेशको सभामुखका लागि कांग्रेसका अधिकारीद्वारा मनोनयन दर्ता

बिहीबार, २८ पुस २०७९, १३ : १३
बिहीबार, २८ पुस २०७९

हेटौंडा । बागमती प्रदेशको सभामुख पदका लागि नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर अधिकारीले सभामुख पदमा मनोनयन दर्ता गरेका हुन् । 

उनले कांग्रेसका सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र रामकृष्ण चित्रकारको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । अधिकारीले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम ९२० बमोजिम मनोनयन दर्ता गरेका हुन । उनी कांग्रेसको कोटामा धादिङबाट समानुपातिक सांसद चुनिएका हुन् ।   ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप