मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले भोलि शपथ लिने
बिहीबार, २८ पुस २०७९, १९ : २२
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रवार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादवलाई शुक्रवार ११:३० बजे पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् । यस्तै मुख्यमन्त्रीसँग प्रदेश सरकारमा सहभागी सबै दलका एक एक जना मन्त्रीले पनि शपथ लिने भएका छन् ।