आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सभामुख कृष्ण धितालले लिए शपथ

शनिबार, ३० पुस २०७९, २० : १७
शनिबार, ३० पुस २०७९

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका छन् । शनिबार दिउँसो ३ बजे सभामुखमा निर्वाचित भएसँगै बेलुका प्रदेश प्रमुख गुरुङबाट शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री खगराज अधिकारीको उपस्थिति रहेको थियो । 

६० सदस्यीय गण्डकी प्रदेश सभामा धितालले ३२ सांसदका समर्थनसहित सभामुखमा निर्वाचित भएका हुन् । धिताललाई एमालेका २२, माओवादीका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको मत पाएर सभामुखमा निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप